Media Network

प्रमुख प्रतिपक्षीको अवरोधकाबीच संसद् कार्यसूचीमा प्रवेश


खबरस्टोरी संवाददाता

६ पुष २०७८,मंगलवार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राखेको छ । बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरी अवरोध गरेका हुन् । 

एमालेले संसद्को अघिल्लो अधिवेशनदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त गरेको सूचना टाँस नगरेको भन्दै संसद्मा अवरोध गर्दै आएको छ । 

एमाले सांसदले नाराबाजी गरिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावलीमा अदालतमा विचराधीन विषयमा छलफल हुननसक्ने व्यवस्था रहेकोतर्फ पटक–पटक ध्यानाकर्षण गराउँदै सभा सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए । 

सभामुख सापकोटाको आग्रहपछि पनि एमाले सांसदहरुले नाराबाजी र रोष्ट्रम घेराउ जारी राखेपछि सभामुखले संसदको आजको कार्यसूची अगाडि बढाएका हुन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद