Media Network

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१५ चैत्र २०७८,मंगलवार

काठमाडौं।  परराष्ट्रमन्त्री डा नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच मंगलबार श्रीलंकाको राजधानी कोलम्बोमा भेटवार्ता भएको छ । बिमस्टेक मन्त्रीस्तरीय बैठकको साइडलाइनमा उनीहरुले भेटवार्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रमन्त्री खड्का बिमस्टेकको १८औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार कोलम्बो पुगेका हुन् । भेटवार्तामा अप्रिल १ बाट सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीका विषयमा छलफल भएको परराष्ट्रले जानकारी दिएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद