काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको अस्तित्व रक्षाका लागि एमसीसी पास गर्नुपरेको बताएका छन् ।
बुधवार काठमाडौँको बबरमहल स्थित कार्की बेन्क्युटमा आयोजित केन्द्रीय समिती बैठकमा अध्यक्ष नेपालले आफ्नो पार्टीको बैधानिकता नै खतरामा पर्ने स्थिति आएपछि एमसीसीको पक्षमा उभिएको बताएका छन् ।
‘एमसीसी पास नगरेको भए सभामुख हटाउने, म लगाएत १४ जना सांसदलाई कार्बाहि गर्ने र नेकपा (एकीकृत समाजवादी) को वैधानिकता नै समाप्त पारेर हामीहरूलाई घरको न घाटको बनाउने षडयन्त्र भइरहेको थियो ।’ उनले भने ।
उनले केपी ओलीलाई व्यक्तिवादी, स्वेच्छाचारी, अलोकतान्त्रिक र असहिष्णु प्रवृत्ति बोकेको र दक्षिणपन्थी अवसरवादी भएको आरोप समेत लगाए । आगमी निर्वाचनमा सत्तागठबन्धनद्धलहरू मिलेर जाने र एमालेलाई पराजीत गर्नेसमेत उनले दाबी गरे ।
नेपालले सो बैठकमा बोल्दै आफ्ना पार्टीका नेताहरुलाई एमसीसीविरूद्धमा दिएका अभिव्यक्तिहरू फिर्ता लिन निर्देशन समेत दिएका छन् ।