Media Network

पार्टीकै चिप्ले कीराहरुले आलेले धेरै चलखेल गर्‍यो भन्दैछन् : मन्त्री आले


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले आफ्ने पार्टीका केही नेताहरुलाई चिप्ले चोर र चिप्ले किराको संकेत दिएका छन् । 

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेले आफहरुूलाई पार्टीले छ महिनाको लागि मन्त्री पदमा पठाएको र आफुहरुले ८ महिना काम गरेर ग्रेस मार्क प्राप्त गरिसकेको दाबी गरेका छन् । 

आलेले पशुपति विकास क्षेत्रलाई संरक्षण गर्नको लागि सबै लाग्नु पर्ने र त्यसको लागि आफुले पनि सहयोग गर्ने बताएका छन् । उनले भने- पार्टीबाट आफुहरुलाई ६ महिनाको लागि मन्त्रीमा पठाएको थियो । हामीले त ८ महिना काम गरिसक्यौ । २ महिना त ग्रेस मार्क पाइसक्यौ । अरु साथिहरुलाई मौका दिनु छ भने म खुसी छु दिनुस भनेर सहमति दिएको भन्दै उनले भने ‘हाम्रै पार्टी भित्रका केही चिप्ले चोरहरु, चिप्ले किराहरु आलेले धेरै चलखेल गर्यो भनेर इन्टरब्यु दिइ राखेका छन् । यहाँ सञ्चारकर्मी साथीहरु भएको हुनाले तपाईहरुले यो कुरा सम्प्रेसण गर्नु हुनेछ भन्ने म आग्रह गर्न चाहन्छु भन्ने मन्त्री आलेको भनाई छ । 

आफु जति महिना मन्त्री पदमा बसे त्यो समय देश र जनताको शिर झुक्न नदिने गरी काम गरेको र अब पनि सोही अनुसार नै काम गर्ने  मन्त्री आलेले दाबी गरे । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद