आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको पार्टी प्रवक्ता डा.मुकुल ढकालले जानकारी दिए ।राष्ट्रिय स्वतन्त्र पार्टीले प्रवक्ताको जिम्मेवारी डा. मुकुल ढकाललाई दिएको छ।विराटनगर स्थायी घर भएका २९ वर्षी ढकाल कालिकोटको रास्कोट अस्पतालका निर्देशक हुन्।
लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । पार्टीको नाम स्वतन्त्र राखिएकोमा चौतर्फी आलोचना भइरहेको छ, भने नामकै विषयलाई लिएर निर्वाचन आयोगमा समेत उजुरी परेको छ ।