आइतबार पार्टीको सचिवालयमा बसेको बैठकले ६ महिने भाका नाघेका आफ्ना चार मन्त्रीलाई फिर्ता बोलाई नयाँ मन्त्रीको नामावली प्रधानमन्त्री शेरबाहादुर देउवालाई सिफारिस गरेको थियो । तर चालु आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहेको अवस्थामा विभागीय मन्त्री फिर्ता बोलाउँदा सरकार नै धरापमा पर्न सक्नेतर्फ सचेत गराउँदै प्रधानमन्त्री देउवाले नेपाललाई मनाएपछि नयाँ मन्त्रीको सपथग्रहण कार्यक्रम स्थगित भएको थियो ।
‘पार्टीको व्यवस्थामा व्यक्ति मात्र ठुलो हुन सक्दैन । पार्टीको निर्णय सबैले मान्नुपर्छ’, नेपालवाचसँग श्रेष्ठले भने, ‘मलाई आशा छ सचिवालयको निर्णय मन्त्रीहरूले मान्छन् ।’
सरकारमा कसलाई पठाउने वा नपठाउने भन्ने विषय पार्टीको सार्वभौम विषय भएकाले पार्टीको निर्णयलाई सरकारले हस्तक्षेम गर्न नमिल्ने श्रेष्ठको भनाइ छ ।