काठमाडौँ। २८ पुसका लागि बोलाइएको प्रतिनिधि सभा बैठक फेरि सरेको छ। पूर्वनिर्धारित बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसद सचिवालयले सोमबार सूचना निकालेर २८ पुस बुधबारका लागि बोलाइएको बैठक विशेष कारणले बस्न नसक्ने भन्दै ३ माघका लागि सारेको जानकारी दिइएको छ। ‘मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणवश सो दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल माघ ३ गते सोमबार दिनको १ः०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा. सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ।