Media Network

प्रतिनिधि सभा बैठक स्थगित, अर्को बैठक पुस ६ गते बस्ने


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडौँ। प्रतिनिधि सभाको बैठक शुरु भएको केही बेरमै स्थगित् भएको छ । संसदको १०औँ अधिवेशन पहिलो बैठकमा विभिन्न ६ वटा अध्यादेश पेस गरिएपछि ६ पुस मंगलबार दिउँसो १ बजे अर्को बैठक बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन्।

 बैठकमा  प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अवरोध गरेको थियो। मंगलबारको बैठकमा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन)अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गरिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद