काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्नै बैठकका लागि कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुलको विषय मुख्य बन्ने देखिन्छ,सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुट्न सकेको छैन् ।सहमतिकै लागि बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो भने हिजै मात्र प्रधानमन्त्री देउवा बालकोट पुगेर एमाले नेता केपी ओलीसँग भेटवार्ता समेत गरेका थिए ।