Media Network

प्रतिनिधि सभामा जबराविरूद्धको महाअभियोगमाथि छलफल हुने


खबरस्टोरी संवाददाता

२७ फाल्गुन २०७८,शुक्रबार

काठमाण्डौँ । प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराविरूद्धको महाअभियोग प्रतिनिधी सभामा छलफल हुने भएको छ ।  

फागुन २९ गते सार्वजनिक गरिएको संघिय संसदको सम्भावित कार्यसूचिमा सभामुखले नेपालको संविधानको धारा १०१ को उपधारा २ एवम् प्रतिनिधि सभाको नियमावली, २०७५ को नियम १६१ को उपनियम २ बमोजिम जबराविरूद्धको महाअभियोग प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्ने उल्लेख गरिएको छ ।

सत्तागठबन्धन दल नेपाली काङ्ग्रेसका सचेतक पम्फा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव प्रसाद गुरुङ, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवन राम श्रेष्ठ लगाएत ९५ जना सांसदहरूले फागुन ०१ गते संसद्ध सचिवालमा जबराविरुद्ध महाअभियोग प्रस्ता दर्ता गरेका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद