Media Network

प्रतिनिधिसभा अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


खबरस्टोरी संवाददाता

२४ जेष्ठ २०७९,मंगलवार

काठमाडौं।  प्रतिनिधिसभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।  सभामुख अग्नि सापकोटाले बिहान साढे १० बजे परामर्श समितिको बैठक बोलाएका हुन् । त्यसपछि प्रतिनिधिसभा बैठक बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद