प्रतिनिधिसभा निर्वाचनः सिट संख्या निर्धारण, ६ वटा राष्ट्रिय दल


खबरस्टोरी संवाददाता
२८ फाल्गुन २०८२, बिहीबार
प्रतिनिधिसभा निर्वाचनः सिट संख्या निर्धारण, ६ वटा राष्ट्रिय दल

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ । 

समानुपातिकतर्फको मतगणना सकिएपछि निर्वाचन आयोगले सिट संख्या निर्धारण गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन कानुनअनुसार, समानुपातिकमा ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत कटाउने ६ दलको सिट निर्धारुण गरिएको भट्टराईले बताए । 

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो । 

सिट निर्धारण गरेसँगै आयोगले ६ वटै दललाई पत्राचार गरेको छ । आयोगले गरेको बाँडफाँड अनुसार, ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ । 

आयोगका अनुसार, समानुपातिकमा एक करोड १२ लाख ८० हजार ६१७ मत खसेको थियो । त्यसमध्ये एक करोड ८ लाख ३५ हजार २५ अर्थात ९६.०५ प्रतिशत मत सदर भएको आयोगले जनाएको छ । 

त्यस्तै, प्रत्यक्षतर्फ एक करोड ११ लाख ६८ हजार ३२ मत खसेको थियो । त्यसमध्ये ९४.५५ प्रतिशत अर्थात एक करोड ५ लाख ५९ हजार १७ मत सदर भएको आयोगले जनाएको छ । प्रतिनिधि सभा निर्वाचनमा एक करोड ८९ लाख ३ हजार ६८९ मतदाता रहेका थिए ।