Media Network

प्रतिनिधिसभा वैठकमा नागरिकता सम्बन्धि नयाँ बिधेयक पेश गरिँदै


खबरस्टोरी संवाददाता

२३ असार २०७९,बिहीबार

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले पुरानो नागरिकता विधेयक फिर्ता लिने भएको छ । संसदमा दर्ता भएको नागरिकतासम्बन्धी विधेयक लामो समयदेखि बिबादमा परेर अघि बढन नसकेपछि सरकारले फिर्ता लिन लागेको हो । 

गत मन्त्रीपरिषदको बैठकको निर्णय अनुसार संसदमा रहेको नागरिकता बिधेयक फिर्ता लिएर नयाँ नागरिकता बिधेयक पेश गर्न लागिएको छ ।  बिगतमा राजनीतिक दलसँग भएका सहमति अनुसारका बुदाँलाई मात्रै समेटेर सरकारले नयाँ नागरिकता बिधेयक संसदमा पेश गर्न लागेको हो ।

नागरिकता विधेयक कानुन नहुँदा जन्मसिद्धका सन्तानले नागरिकता पाउन सकिरहेका थिएनन् । नयाँ बिधेयक पारित भएसँगै जन्मसिद्धका सन्तानले नागरिकता पाउनु कानुनी आधार खुल्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता बरिष्ठ नेता राजेन्द्र महतोले बताए । 

जन्मसिद्धका सन्तानले बंशजले सरह नागरिकता पाउने पुर्ववतः अधिकार संसदमा नागरिकता बिद्येयक अडकिदा कार्यान्वयन हुन सकेको थिएनन् ।

नागरिकता बिधेयक पारित गराउनका लागि मुख्यतः लोसपा नेपाललगायत तराई मधेस केन्द्रित दलले सरकारलाई संसद र ज्ञापनपत्र मार्फत झकझकाउँदै आएका थिए । सरकारले संसदबाट पारित गर्न लागेको नागरिकता विधेयकको विभिन्न राष्ट्रवादी मोर्चाहरुका साथै साना कम्युनिस्ट पार्टीहरुले पनि विरोध जनाउँदै आएका थिए । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद