Media Network

प्रतिनिधिसभाको १०औँ अधिवेशन शुरु, प्रमुख प्रतिपक्षको विरोध


खबरस्टोरी संवाददाता

२८ मंसिर २०७८,मंगलवार

काठमाडौँ। प्रतिनिधिसभाको दशौँ अधिवेशनको पहिलो बैठक शुरु भएको छ  । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए र बैठकमा स्वागत गरे । त्यसलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय मर्यादा कायम राख्न माग गर्दै बेल घेराउ गरेको थियो ।

आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट रही आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट शुरु भएको सङ्घीय संसद्को अधिवेशनमा पनि विरोध कायमै राख्ने जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद