Media Network

प्रदेश २ बाट कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्वाचित


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

काठमाडौँ । नेपाली कांग्रेस १४औँ महाधिवेशनको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध चयन भएका छन् ।

प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन् ।

निर्वाचन समिति सदस्य तेज रावलका अनुसार यो क्लस्टरबाट जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत चयन भएका हुन् । निर्वाचित ढुंगाना र रिजाल दुवै संस्थापन पक्षका हुन् ।

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो भने उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म रहेको छ । 

आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान ८ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका रहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद