Media Network

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा


खबरस्टोरी संवाददाता

१५ कार्तिक २०७८,सोमबार

विराटनगर।  प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले सोमबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका छन् । 

आचार्यले संसदबाट विश्वासको मत लिने प्रयोजनका लागि आज (सोमबार) प्रदेशसभा बैठक बसेको थियो । विश्वासको मत पाउने सम्भावना नभएपछि उनले राजीनामा दिएका हुन् ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। सत्तारुढ एमालेसँग ४१ सांसद छन्। सांसद संख्या अपर्याप्त रहेपछि आचार्यले विश्वाको मत पाउने सम्भावना नरहेको बताइन्छ। एमाले सचिव आचार्य गत भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्।


Share:
Reaction :
ताजा समाचार
खेलकुद