Media Network

प्रदेश र संघको निर्वाचन मंसिर भित्रै हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपलिया


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले प्रदेश र संघको निर्वाचन मंसिर भित्रै हुने बताएका छन् । 

बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनको समिक्षा कार्यक्रमा बोल्दै आयुक्त थपलियाले कात्तिक र मंसिर भित्र संघ र प्रदेशको निर्वाचन गराउने दायीत्व आयोगको रहेको र सो बारे निर्णय हुन भने बाँकि रहेको बताएका छन् । 

थपलियाले बैशाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनको मत गणनामा सुरक्षा र केही बाध्यताको कारणले तारबार गर्नु परेको भन्दै लोकतन्त्रमा पनि यस्तो गरिनु निकै दुर्भाग्यपूर्ण रहेको समेत बताएका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद