Media Network

एमालेले चुनाव जिते संसद भंग गर्ने प्रवृत्ति दोहोरिन्छ : प्रधानमन्त्री देउवा


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले स्थानीय तह निर्वाचनमा चुनाव जिते फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गरेका छन् ।

सोमबार धनगढीमा  सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन सत्तारुढ गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताए ।

प्रधानमन्त्री देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन अनुरोध गरे । ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधवजीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भने, ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’

उनले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगर्ने बताउँदै फिर्ता नलिए कारवाही गर्नेसमेत बताए ।

’ देउवाले भने, बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँ, उम्मेदवारी फिर्ता नलिएको खण्डमा कारवाही गर्नेछौँ ।’

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धनगढी आफ्नालागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकोले गठबन्धनले चुनाव जितेमा यहाँका लागि प्राथमिकता दिएर काम गर्ने बताए । देउवाले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गरे ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद