काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट पुगेका छन् ।
एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन सत्ता गठबन्धन र प्रतिपक्ष दुबैतिर समानान्तर संवाद गरेका प्रधानमन्त्री देउवाले आज दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । त्यसअघि बिहान एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बालुवाटारमै कुराकानी भएको थियो ।