निर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले आज काशीको कालभैरव मंदिर, श्री काशी विश्वनाथ मंदिर तथा विभिन्न मन्दिरहरुमा पूजाअर्चना गर्ने भएका छन् ।
शुक्रबार दिल्ली पुगेका देउवाले दिल्ली बसाईको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुका साथै शनिवार संयुक्त पत्रकार सम्मेलन गरिएको थियो । भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न चार वटा विषयमा सम्झौता भएको छ ।
शनिवार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जयनगर–कुर्था रेल सेवाको पनि संयुक्त रुपमा उद्घाटन गरेका थिए । भारत प्रमणमा यसअघि पनि प्रधानमन्त्रीको हैसियतमा पटक पटक गएका देउवाले यसपटक भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा समेत पुगेका थिए । एउटा देशका कार्यकारी प्रमुख अर्को देशको सत्तासिन पार्टीको कार्यालयमा जानुलाई भने परराष्ट्रमामिलाका जानकारहरुले कुटनीतिक मर्यादा विपरित भनेका छन् ।
बनारस पुगेका प्रधानन्त्री देउवा आइतबार नै स्वदेश फर्किने कार्यक्रम छ ।