Media Network

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पुन: भेटवार्ता हुने


खबरस्टोरी संवाददाता

१४ फाल्गुन २०७८,शनिबार

काठमाडौं। आज (शनिवार) प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पुन: भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री देउवाले अध्यक्ष ओलीलाई उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम तय भएको स्रोतले जनाएको छ । भेटघाट दिउँसो ३ बजेपछि हुँदैछ ।

पछिल्लो राजनीतिक घटनाक्रम र संसदमा प्रस्ताव भएको अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा थप छलफल गर्ने गरी आज भेटवार्ता हुन लागेको हो । केही दिनयता प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्ष दलका नेता ओलीबीच पटकपटक भेटवार्ता भइरहेको छ ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद