Media Network

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

२ पुष २०७८,शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । 

सभापतिमा निर्वाचित भएका देउवालाई उनले  भेटेरै  सफल कार्यकालको शुभकामना दिएको बताइएको छ । देउवा सभापतिमा निर्वाचित भएलगत्तै टेलिफोनमार्फत शुभकामना दिएका प्रचण्डले आज भेटेरै शुभकामना दिएका हुन् । आजको भेटमा राजदूतहरूको नियुक्ति र अन्य समसामयिक विषयमा पनि छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद