Media Network

प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेट


खबरस्टोरी संवाददाता

८ जेष्ठ २०७९,आईतवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनिहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन् । तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहनुभएका उनि तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार नेपाल आइपुगेका हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद