Media Network

प्रधानमन्त्री देउवाद्वारा समवेदना व्यक्त


खबरस्टोरी संवाददाता

१३ पुष २०७८,मंगलवार

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस खोटाङका नेता तथा पूर्वमहाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठको निधन भएकामा गहिरो दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । 

खोटाङको जन्तेढुङ्गा गाउँपालिका, चिसापानीका वडाध्यक्षसमेत रहेका श्रेष्ठको ६३ वर्षको उमेरमा गत राति निधन भएको हो । उनी साविक चिसापानी गाविसका पूर्वअध्यक्ष, कांग्रेसको पूर्वक्षेत्रीय सभापति तथा जिल्ला कार्य समितिको पूर्वसदस्यसमेत थिए ।

सामाजिक, सामुदायिक, शैक्षिक, राजनैतिक एवं जिल्लाको विकास निर्माणमा स्वर्गीय श्रेष्ठले गरेको सेवा तथा पार्टीको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदान सदैव स्मरणीय रहिरहने कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद