Media Network

प्रधानमन्त्रीले भने- गभर्नरले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ


खबरस्टोरी संवाददाता

३१ असार २०७९,शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी विवादमा परेका हुन् । सत्तागठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकमा नेताहरुले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले अधिकारीले नैतिक रुपमा नै राजीनामा दिनपर्ने बताएका छन् ।

बैठकमा गठबन्धन दलका अन्य नेताहरुले गभर्नरको विषय उठाएका थिए । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसदहरूले पनि गभर्नर अधिकारीकाे राजीनामा मागेका छन् ।  गभर्नर नै एम अधिकारी हाे भन्ने भइसकेपछि नैतिकताका अाधारमा राजीनामा दिनुपर्ने उनीहरूल्े तर्क गरे । 

“विवाद भएर सबैलाई उनी नै हो भन्ने लागेकाले कि त होइन भन्ने पुष्टि भएको कागज सार्वजनिक गर्नु पर्यो होइन भने विवाद आयो भनेर उनले राजीनामा दिनुपर्यो”, नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता रहेका सांसद नारायणकाजी श्रेष्ठले समेत भने ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद