Media Network

पूर्व नेकपाका बहुमत सचिवालय सदस्यबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच भेटवार्ता भएको छ ।

 नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनाल र नेता वामदेव गौतमबीच भेटवार्ता भएको हो । 

भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धन आदि विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार भेटमा नेतृत्व तहको यस्तो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद