हाल उक्त्त गाडी बिग्रिएपछि कान्तिपुर कारखाना कोटेश्वरमा थन्काइदिएका छन् भने उता गाडी मर्मतमा ७ लाख ६५ हजारकाे स्टिमेट बिल मेलम्ची खानेपानी आयोजनामा पुगेको छ । सांसद तामाङले गाडी मर्मत बिल मेलम्ची खानेपानी आयोजनाको कार्यालय समक्ष पेस गरेको मेलम्ची खानेपानी आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले बताएका छन्।
सांसद तामाङले गत असार भन्दा अघि १० दिनका लागि मेलम्चीकाे गाडी लगेका थिए । उनले विना कागज पहुँचको भरमा सो गाडी प्रयोग गर्दै आएको उनी निकट स्रोतको भनाइ छ । तामाङले आफ्नै निजी चालक राखे पनि इन्धन र मर्मत खर्च भने खानेपानी आयोजनाले तिर्ने गरेकाे छ । भूमि आयोगलाई दिइएको उक्त्त गाडी पछि सांसद तामाङले केही दिनका लागि भन्दै लगेकाे तर फिर्ता नगरेको आयोजनाले जनाएको छ ।