Media Network

पूर्वमेयर रेनु दाहालले पैसा लिएर लालपूर्जा बाडेको तारा बरालको आरोप


खबरस्टोरी संवाददाता

२६ बैशाख २०७९,सोमबार

काठमाडौँ। भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेणु दाहालमाथि अभियन्ता भनिएकी तारा बरालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्ने भएकी छन् ।

पूर्वमेयर रेनु दाहालले पैसा लिएर लालपूर्जा बाँडेको भन्दै आज अख्तियार जाने निर्णय गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् । बरालले कतिबेला अख्तियार जाने समय केही पनि खुलाएकी छैनन् ।

देवघाट क्षेत्र विकास समिति र वनको जग्गा आफ्नै बुबाको बिर्ताझै गरी नक्कली, दलगत सुकुम्बासीलाई पैसा लिएर बाँडेको बरालको आरोप छ ।

 पहिलो चरणमा बरालले अख्तियारमा उजुरी हाल्ने र त्यसपछि अदालत जाने बताएकी छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद