शर्मा र थापाले अब हुने प्रदेश र संघको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था मिलाउन माग गर्दै निर्वाचन अयोगको ध्यानाकर्षण गर्न आयोगमा पुगेका हुन् ।
उनीहरुले यस अघि प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । अब शर्मा र थापाले प्रमुख निर्वाचन आयुक्त दीनेश कुमार थपलियालाई भेटेर सो विषयमा ध्यानाकर्षण गराउनुको साथै अब हुने निर्वाचनको विषयमा छलफल गर्ने जनाइएको छ ।