मन्त्री आलेले आज पार्टी अध्यक्ष माधव कुमार नेपाललाई राजीनामा पत्र बुझाएको बताइएको छ । आलेले अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएसँगै आफुले गरेका कामको विषयमा आज नै पत्रकार सम्मेलन गर्ने गरी तयारी गरिरहेको उनी निकट स्रोतले बताएको छ ।
एकीकृत समाजवादी पार्टीले यस अघि पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णय विरुद्ध समाजवादीका ४ मन्त्री सहित १० सांसदले असहमति जनाउदै संसदिय दलको बैठक बोलाउनको लागि पार्टी अध्यक्ष नेपाललाई ८ बुँदे पत्र लेखेको थिए ।
आइतबार आले सहित ६ सांसदले भने आफ्नो हस्ताक्षर फिर्ता दिएका थिए । त्यसपछि मन्त्री आलेले आफुले ४८ घण्टा पछि राजीनामा दिने बताएका थिए । सोही अुनसार उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् । आज अध्यक्ष माधव कुमार नेपालले पनि आफुले केही मन्त्रीहरुको राजीनामा गोजिमा बोकेर हिडिरहेको बताएका थिए ।