Media Network

पशुपति धर्मशालाको निरीक्षणपछि मन्त्री आलेले भने– धर्मशाला देखेर चकित भए


खबरस्टोरी संवाददाता

२ माघ २०७८,आईतवार

काठमाडौं । पर्यटनमन्त्री प्रेम आलेले पशुपतिनाथस्थित धर्मशालाको अवलोकन गरेका छन् ।

उनले अवलोकन गर्दै पशुपति धर्मशाला भाडामा लगाइएको र त्यहाँको अवस्था देखेर आफु सक्ड भएको बताएका छन् ।उनले त्यहाँ निर्माण गरिएको सबै संरचनाको निरीक्षण गरेका थिए । “समिति गठन भएको छ, हामीले प्रतिवेदन सार्वजनिक गर्नेछौँ । यहाँ त फाइभ स्टार होइन सेभेन स्टार बनाइएको रहेछ । म सक्ड भएँ,” आलेले भने, “भोलि प्रतिवेदन आएपछि बताउँछु । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र केपी ओलीले संयुक्त उद्घाटन गर्नुभएको हो । २५ करोड भारतले लगानी गरेको छ । सस्तो सुलभ मूल्यमा बस्न पाउन् भनेर बनाइएको हो । धर्मशालाको रुप होइन सेभेन स्टार बनाइएको रहेछ ।”


Share:
Reaction :
ताजा समाचार
खेलकुद