शुक्रबारकाे वैठकमा मतदानमा सहभागी २४२ मध्ये भुसालकाे पक्षमा १४८ मत परेकाे छ । एमाले उम्मेदवार भट्टराइकाे पक्षमा ९३ मत परेकाे छ भने एक मत तटस्थ रहेकाे सभामुख अग्नि सापकाेटाले जानकारी दिए ।
कांग्रेस सचेतकसमेत रहेकी भुसाल यसअघि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन् । २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले पराजित गरेकी थिइन् ।
उपसभामुखको निर्वाचनमा भुसालको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका सांसदहरुले मतदान गरे ।
नेमकिपा तटस्थ, राप्रपा भट्टराइकाे पक्षमा
नेपाल मजदुर किसान पार्टीले निर्वाचनमा तटस्थ रहेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षी उम्मेदवारको पक्षमा मतदान गरे ।
समानुपातिक उम्मेदवार भुसाल अर्घाखाँचीकी हुन् । १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरेकी भुसाल अवधिसम्म वकालत पेशामा पनि आवद्ध थिइन् ।
२०१५ सालको बी.पी.कोइरालाको मन्त्रिपरिषदमा स्वास्थ्य मन्त्री रहेका आफ्ना बुबा काशीनाथ गौतम २०१७ सालमा शाही ‘कू’पछि १४ वर्ष गौतम परिवार निर्वासित हुँदा पुष्पा भुषाल पनि परिवारसँगै थिइन् ।
प्रतिनिधिसभाकाे अर्काे बैठक साउन ४ गते बुधबार बस्ने सभामुख अग्नि सापकाेटाले जानकारी दिए ।