Media Network

पत्रकार बाहिर निकालेर ओलीको सम्बोधन, सर्वदलीय बैठक बहिस्कार गर्ने


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौं। एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा जारी बैठकमा दलका नेता तथा अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । 

बैठक स्थलबाट पत्रकार बाहिर निकालेर नेता ओलीले सम्बोधन थालेका थिए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गरेपछिको अवस्थाबारे धारणा बनाउन एमाले दलको बैठक बसिरहेको हो । 

साथै सोमबारका लागि सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको एमालेको जारी दलको बैठकमा जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफल हुनेछ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद