काठमाडौँ ।नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरेका छन् । तिमल्सिनाले सामाजिक सञ्जालमार्फत अत्यावश्वकिय दैनिक उपभोग्य बस्तु पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेका हुन् ।
उनले पेट्रोलमा सरकारले ६५.६१ रुपैयाँ प्रति लिटर कर लिने बताएका छन् । त्यस्तै, डिजेलमा ४९ रुपैयाँ ५३ पैसा, मट्टितेलमा १३ रुपैयाँ ९५ पैसा, हवाई इन्धन आन्तरिकमा २५ रुपैयाँ ७५ पैसा, हवाई इन्धन बाह्यमा २ रुपैयाँ ६९ पैसा प्रतिलिटर र एल.पी. ग्यासमा ३२० रुपैयाँ ८४ पैसा प्रति सिलिण्डर कर लिने पनि जानकारी दिएका छन् ।
तिमल्सिनाले पेट्रोलियम पदार्थमाथी रहेको कर खारेज गर्न, विद्यार्थी, बिपन्न र निम्न आय भएका नागरिकलाई सरकारले सहुलियत र राहत उपलब्ध गराउनु पर्ने उनको भनाइ छ ।