Media Network

पद फुस्कियो आसु झर्यो


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् ।

शहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर उनले मन्त्रालयका उपलब्धिबारे जानकारी दिएकी थिईन् ।उनी बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि पत्रकार सम्मेलनमा उपस्थित भएकी थिइन् ।

मन्त्रीका रूपमा पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक भाईन् । पटक पटक आशु झारेकी उनको अनुहारमा पूर्ण रूपमा उदासीे थियो ।उनी लामो समयसम्म कागजमा घोत्लिँदै एकोहोरो झोक्राइन् । 

मन्त्रालयका कर्मचारीले झाँक्रीलाई खादा लगाएर बिदाइ गरेका थिए । साथै बुद्धमूर्ति उपहार समेत दिएका थिए । ।मन्त्री झाँक्रीले कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफू बोल्न सक्ने हालतमा नभएको बताइन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद