Media Network

राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प छैन: केपी ओली


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका छन् ।  

चितवनमा एमालेको हालै सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका अध्यक्ष ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै भने,"देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको अर्को विकल्प छैन ।" 

उनले सर्वोच्च अदालतमा देखिएको अवस्था पाँच दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको भन्दै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गेरको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन् । अहिलेको गठबन्धन युक्त सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी समेत दिएका छन् । 

"सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्", उनले भने, 'न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ ।" 

उनले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने र वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै जनताले मूल्याङ्कन गरेर फैसला गर्ने बताएका छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद