Media Network

राजेश हमाल पनि राजनीतिमाः कुन पार्टीमा जालान् ?


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं । विभिन्न गैरराजनीतिक क्षेत्रमा रहेका ब्यक्तिहरु राजनीतिमा प्रवेश गरिरहेकाबेला अभिनेता राजेश हमाल पनि राजनीतिमा आउने भएका छन् । 

केही समयअघिदेखि नै राष्ट्रको आवश्यकताअनुसार राजनीतिमा आउने बताएका अभिनेता हमालले शुक्रबार विहान नेकपा –माओवादी केन्द्रं)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । 

माओवादी सम्बद्ध संगीतकार चेतन सापकोटाले महाललाई प्रचण्डसँग भेट गराइदिएका हुन् । हमाल–प्रचण्डबीच झण्डै आधा घण्टाको द्विपक्षीय कुराकानीपछि गंगा दाहाल र सापकोटालाई सँगै राखेर प्रचण्डले अभिनेता हमालसँग तस्विर खिचाए ।   


खुमलटारस्थित प्रचण्ड निवासमा शुक्रबार बिहान भएको भेटवार्तामा देशको समसामयिक राजनीति विषयमा छलफल भएको थियो । अभिनेता हमालले राजनीतिमा आउने चासो देखाए पनि कुन पार्टीबाट राजनीति गर्छन् भन्ने चाँही खुलाएका छैनन् ।

शुक्रबार प्रचण्डसँग भेट गरेका हमालले विभिन्न राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई अघि बढाउने भएका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद