Media Network

राज्यमन्त्री विमलालाई डिप्रेसनको लक्षण, ‘एकराज खोई ?’ भन्दै बर्बराउँछिन्


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

काठमाडौँ । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी खत्री वलीलाई  डिप्रेसनको लक्षण देखिएको छ । प्रारम्भिक परीक्षणमा उनलाई डिप्रेसनको लक्षण देखिएको अस्पताल स्रोतले जनाएको छ  ।

ओलीको स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा स्वास्थ्य  परीक्षण गरिएको हो । राज्यमन्त्री विमलालाई गएराति दाङबाट बुटवल लगिएको थियो । बुटवल लैजादै गर्दा वलीले अधिकांश समय ‘एकराज खोई ?’ भन्दै बर्बराएको माओवादी स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार विमला अर्धचेत अवस्थामा पुगेपछि उनलाई राति नै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो । विमलालाई राति उपचार सुरू गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर ईन्द्र ढकालले बताए ।

‘मन्त्रीज्यूलाई राति अस्पताल ल्याइएको थियो’, मेसु ढकालले भने, ‘अवस्था हेर्दा भर्ना गरेरै उपचार गर्नुपर्ने थियो । तर, उहाँले भर्ना हुन मान्नुभएन ।’

विशेषज्ञ डाक्टरले डिप्रेसनको लक्षण देखिए पनि चेकजाँच नगर्दासम्म केही भन्न नसकिने डा. ढकालको भनाइ छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद