कांग्रेसको तर्फबाट चौरजहारी नगरपालिका–१० को वडाध्यक्षका उमेदवार गणेशमान डाँगी र माओवादीको तर्फबाट सोही पदका उमेदवार वीरेन्द्र रोकायाका समर्थकबीच झडप भएको हो ।
चौरजहारी नगरपालिका–१०, खोलागाउँमा माओवादी उमेदवार मतदातालाई पैसा बाँडिरहेको अवस्थामा भेटिएपछि दुई समूहबीच झडप भएको बताइएको छ ।
झडपमा कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी र माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती घाइते भएका प्रहरीले जनाए