Media Network

रेखा थापासहित अन्य चौध जना राप्रपा केन्द्रीय सदस्यमा मनोनीत


खबरस्टोरी संवाददाता

१८ फाल्गुन २०७८,बुधबार

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चौध जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।महाधिवेशनमा महामन्त्रीको प्रत्यासी बनेर पराजित भएकी रेखा थापा समेत केन्द्रीय सदस्यमा मनोनीत भएकी छन् । राप्रपामा १९९ जनाको केन्द्रीय कार्यसमिति रहने प्रावधान छ । महाधिवेशनबाट ९ पदाधिकारी र १४१ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए । ५० जना अध्यक्षले मनोनित गर्न पाउँछन् । त्यसअनुसार यसअघि अध्यक्ष राजेन्द्र लिङ्देनले ३२ जना यसअघि मनोनित गरिसकेका छन् भने आज थप १४ जना मनोनित गरेका हुन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार मनोनित केन्द्रीय सदस्यहरुमा लिलादेवी श्रेष्ठ इलाम, विन्दु पौडेल नवलपुर, रेखा थापा काठमाडौं, प्रेक्षा मल्ल धनुषा, मीना झा सर्लाही, सन्तोषी शाही ठकुरी सुर्खेत, स्वाती थापा रुपन्देही, पुष्पा रजौरिया कपिलवस्तु, लक्ष्मी तण्डुकार काठमाडौं, समृद्धि राणा उदयपुर, मीना न्यौपाने चितवन, शान्ति माया गुरुङ धादिङ, जयाकुमारी महतो सप्तरी र सावित्रा थापा काठमाडौं रहेका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद