नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
साथै मन्त्रिपरिषद्ले नेपाल र चीनवीच ग्रीड आवद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता पनि स्वीकृत गरेको छ ।
त्यस्तै, सरकारले अख्तियारका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने कतारको राजधानी दोहामा हुने दोहा फोरमको २० औँ संस्करणको सम्मेलनमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृत प्रदान गरेको मन्त्री कार्कीले जानकारी दिए ।