Media Network

राप्रपाका नेता बने प्रहरीका पूर्व दुई आइजिपी


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट नयाँ कमिटीमा नेपाल प्रहरीका दुईजना पूर्व-प्रहरी महानिरीक्षक (आइजिपी) र एकजना नेपाली सेनाका पूर्व-जर्नेल निर्वाचित भएका छन्।

पूर्व-आइजिपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन्।  पूर्व-आइजिपी रवीन्द्र प्रताप शाह १७ सय ४५ मतसहित चौथो नम्बरमा केन्द्रीय सदस्य निर्वाचित भएका छन्।  त्यसैगरी पूर्व-जर्नेल तथा स्पेनका लागि पूर्व-नेपाली राजदूत भरतबहादुर रायमाझीले ३४औँ ११ सय ९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

Share:
Reaction :
ताजा समाचार
खेलकुद