काठमाडौं। काठमाडौंको प्रज्ञा भवनमानेकपा (माओवादी केन्द्र)को आठौँ महाविधेशनको उद्घाटन सत्र चलिरहेको छ। सोहि महाधिवेशनलाई शुभकामना दिने पहिलो वक्ता राप्रपा महामन्त्री कुन्ती शाही बनिन् । तर उनले सम्बोधन गर्ने क्रममा सबै सहभागीहरू हाँसे । हासोको कारण थियो, अतिथिको नाम र पद सही उच्चारण गर्न नसक्नु।
सुरुमा उनले कांग्रेस सभापति भन्नुपर्नेमा अध्यक्ष भनिन्। त्यसपछि नेकपा एमाले भन्नुपर्नेमा नेकपा भनिन् । एमाले महासचिव शंकर पोखरेल भन्नुपर्नेमा उनले नेकपा महासचिव ईश्वर पोखरेल भनेपछि सहभागी हाँसेका हुन्। अन्तत: शाहीले माओवादी केन्द्रकाे महाधिवेशनकाे सफलताकाे शुभकामना दिईन् ।