Media Network

राप्रपा महाधिवेशन : अध्यक्षमा लिङ्देन र महामन्त्रीमा धवलशम्शेरको उम्मेदवारी


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

काठमाडौँ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा नेता राजेन्द्र लिङ्देन र महामन्त्रीमा नेता धवलशम्शेर राणाको उम्मेदवारी घोषणा गरिँदैछ । आज (बिहीबार) लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् ।  उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिन लागिएको छ । राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदैछ । 

नेता लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । 

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् । 






Share:
Reaction :
ताजा समाचार
खेलकुद