Media Network

राप्रपा महाधिवेशन : लिङ्देन र थापा दुवै पक्षद्वारा उम्मेदवारी दर्ता


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको जारी एकताको महाधिवेशन अन्तर्गत अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । राजेन्द्र लिङ्देन र रेखा थापाले आफ्नो मनोनयन दर्ता गरेका छन् । लिङ्देनले अध्यक्ष र  रेखा थापाले उनको प्यानलबाट महामन्त्रीमा मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै, कमल थापा र कुन्ती शाहीले पनि लिङ्देन र थापालगत्तै मनोनयन दर्ता गरेका छन्। संशोधित निर्वाचन कार्यतालिका अनुसार बिहान साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेदवारी दर्ता हुने कार्यक्रम छ। नयाँ नेतृत्वका लागि मतदान शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ भने त्यसलगत्तै मतगणना हुनेछ ।

राप्रपाको एकता महाधिवेशनका लागि देशभरबाट ४ हजार ५ सय ६० प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशन अवधिभरी उनीहरूलाई विभिन्न होटलमा राखिएकाे छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद