Media Network

राप्रपा महाधिवेशन : उम्मेदवारी मनाेनय दर्ता गर्न कमल थापा भृकुटीमण्डपमा


खबरस्टोरी संवाददाता

१७ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा दाेहाेरिने प्रयासमा रहेका कमल थापा उम्मेदवारी मनाेनय दर्ता गर्न भृकुटीमण्डप पुगेका छन् । 

भृकुटीमण्डप छिरेलगत्तै उनलाई दर्जनाैँ नेता, कार्यकर्ताले स्वागत गरे । यसअघि अध्यक्षकै प्रत्यासी राजेन्द्र लिङ्देनले भने मनाेनयन दर्ता गराइसकेका छन् ।मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशन आजसम्म चल्ने भनिए पनि प्रतिनिधि विवादका कारण एक दिन लम्बिने भएको छ । 

त्यस्तै राप्रपाको एकता महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि काठमाडौँ आएका छन् । महाधिवेशन अवधिभरी उनीहरूलाई विभिन्न होटलमा राखिएकाे छ । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद