Media Network

राप्रपा नेता गणेश शेरचनको निधन


खबरस्टोरी संवाददाता

२२ फाल्गुन २०७८,आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन भएको छ । ७८ वर्षको उमेरमा शेरचनको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको हो । 

मृगौलासम्बन्धी रोगबाट पीडित उनको उपचारको क्रममा ग्राण्डी अस्पतालमा आइतबार बिहान निधन भएको राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । 

तत्कालीन राप्रपा नेपालका महामन्त्रीसमेत रहेका उनको निधनबाट राप्रपा र नेपालको राष्ट्रवादी आन्दोलनलाई ठूलो क्षति पुगेको राप्रपाले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद