Media Network

राप्रपा अध्यक्षका लागि उम्मेदवारी शुल्क १ लाख, कुन पदमा कति ?


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा अध्यक्ष पदकालागी उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ ।

त्यस्तै, उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको निर्वाचन समितिका संयोजक निरञ्जन थापाले जानकारी दिएका छन् ।

शुक्रबारदेखि मात्र निर्वाचन कार्यक्रम सुरु हुनेछ भने बिहीबारसम्म मतदाता नामावली प्रकाशन गर्ने र शुक्रबार निर्वाचन कार्यक्रम सुरु गर्ने समितिको तयारी रहेको निर्वाचन समितिका संयोजक थापाले जनाए ।

बुधबार सुरु भएको राप्रपा महाधिवेशनमा अध्यक्ष, १ महिलासहित ४ जना उपाध्यक्ष, १ महिलासहित  ३ जना महामन्त्री र १४१ जना केन्द्रीय सदस्य निर्वाचनबाट चयन हुँदैछन् ।





Share:
Reaction :
ताजा समाचार
खेलकुद