Media Network

राप्रपाले केन्द्रीय समिति बैठक बोलायो


खबरस्टोरी संवाददाता

१७ असार २०७९,शुक्रबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले साउन ५ र ६ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।

यसअघि असार पहिलो साता केन्द्रीय समिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनबारे छलफल गर्न भन्दै राप्रपाले केन्द्रीय समिति बैठक बोलाएको हो । 

काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा राप्रपाले समसामयिक राजनीतिबारे छलफल गर्नुका साथै हालै सम्पन्न स्थानीय तह निर्वाचनबारे पनि चुनावी समीक्षा गर्नेछ । राप्रपाले स्थानीय तह निर्वाचनमा चार वटा पालिकामा जित हासिल गरेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद