Media Network

राप्रपामा लिङ्देनले जित्दा ज्ञानेन्द्र शाहलाई बधाई !


खबरस्टोरी संवाददाता

१९ मंसिर २०७८,आईतवार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्वमा पूर्वेली नेता राजेन्द्र लिङदेन अप्रत्याशितरुपमा विजयी भए । 

२०६३ सालदेखि पार्टी नेतृत्व सम्हाल्दै आएका कमल थापालाई पराजित गर्दै लिङदेन एकीकृत राप्रपाको अध्यक्ष चुनिएका छन् । 

पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता हातमा लिएपछि राजसंस्थाको प्रष्ट एजेण्डा बोकेर हिडेका कमल थापालाई लिङदेनले साथ दिँदै आएका थिए । गणतन्त्र स्थापनाको झण्डै एक दशकपछि राजसंस्थाका पक्षमा जनलहर फैलिँदै गयो । 

गणतन्त्रवादीको सत्तालिप्साको खेलकै कारण राजसंस्थाप्रतिको बढ्दो मोहलाई थापाले साथ लिनुको सट्टा उनी पनि गणतन्त्रवादीसँगै सत्ताको रसास्वादन गर्नतर्फ लागे । 

राप्रपाको एक्लो वृहस्पति बनेर पटक पटक मन्त्री बन्ने थापाको कुटनीतिक चालबाजीबाट राप्रपा कार्यकर्ता आजित बनेका थिए । त्यसैको परिणाम एकीकृत राप्रपामा आइपुग्दा आफ्नै कार्यकर्ता लिङ्देनसँग थापाले पराजय ब्यहोर्नु पर्यो । 

थापाले पराजय स्वीकार गर्दै आइतबार विहानै सामाजिक सञ्जाल ट्वीटरमा लिङ्देनलाई बधाई मात्र दिएनन्, उनले लिङदेनको जीतलाई ज्ञानेन्द्र शाहको जीतका रुपमा लिए । 

थापाले ज्ञानेन्द्र शाहलाई मेन्सन नै गरेर ज्ञानेन्द्र शाहलाई शुभकामना दिएका छन् । थापाले लिङ्देनको जीतमा निर्मल निवासको प्रत्यक्ष छायाँ देखिरहेका छन् । 

थापाले पराजयको आक्रोश सामाजिक सञ्जालमा पोख्दै निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको बताएका छन् । 

सिङ्गो मुलुक गणतन्त्रमय भएकाबेला आफूले कफन बाँधेर राजाको पक्षमा लागेको कुरा शाहले बिर्सिएको पनि थापाले कुण्ठा पोखेका छन् । 

‘सिङ्गो मुलुक गणतन्त्रमय भएकाबेला शीरम कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल सम्बाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्ठाले राजाको भलो होस् ।’– थापाले सामाजिक सञ्जालमा लेखेका छन् । 

हेर्नुस् कमल थापाको ट्वीट


Share:
Reaction :
ताजा समाचार
खेलकुद